सामाजिक सेवा तथा शिफारिश गर्दा स्वास्थ्य बीमा कार्ड अनिवार्य गर्नुपर्छ: अध्यक्ष डा.गुणराज लोहनी

काठमाडौं, २३ चैत । सामाजिक सेवा तथा शिफारिश गर्दा स्वास्थ्य बीमा कार्ड अनिवार्य गर्नुपर्ने स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले बताउनुभयो । शुक्रबार स्वास्थ्य बीमा दिवसको पूर्वसन्ध्यामा गरिएको पत्रकारसँगको अन्तरक्रियामा यस्तो बताउनुभएको हो ।
आफूहरूले नागरिकता, पासपोर्ट लगायतका सिफारिस लिँदा स्वास्थ्य बीमा कार्ड अनिवार्य गर्नेबारे सरकारसामु प्रस्ताव गर्ने डा. लोहनीले बताउनुभयो । ‘सामाजिक सेवा लिँदाखेरी स्वास्थ्य बीमा कार्ड अनिवार्य गर्ने निर्णयमा सरकार पुग्नुपर्छ’, उहाँले भन्नुभयो, ‘हामी त्यसमा वकालत गर्दैछौँ ।’
उहाँले स्वास्थ्य सुरक्षाका कार्यक्रमहरू धेरै ठाउँबाट सञ्चालन भइरहेकाले एकद्वार प्रणालीमा लैजानुपर्ने पनि बताउनुभयो । उहाँले एकद्वार बनाएर लैजाने व्यवस्थाका लागि आफूहरू गृहकार्य गरिरहेको जानकारी दिनुभयो । तर नीतिगत रूपमा सरकारले नै निर्णय गर्नुपर्ने भएकाले अन्तिम निर्णय सरकारकै कुर्नुपर्ने उहाँको भनाइ थियो ।

यसैगरी उहाँले आगामी दिनमा स्वास्थ्य बीमा कार्यक्रमलाई सफ्टवेयरमा आधारित बनाएर लैजाने बताउनुभयो । ‘सफ्टवेयर बेस भन्नाले अनलाइन सदस्यतामा जान्छौँ, रियल टाइम क्लेम अस्पतालमा जान्छौँ’, उहाँले भन्नुभयो, ‘अर्को वर्ष हामीसँग एजेण्डा एआई ९आर्टिफिसियल इन्टिलिजेन्स० मा जाऔँ भन्ने मात्र हुन्छ ।’

वैशाखदेखि निजी अस्पतालमा २० प्रतिशत सहभुक्तानी स्वास्थय बीमा कार्यक्रमअन्तर्गत १० प्रतिशत खर्च बिमितले व्यहोर्ने व्यवस्था गरेको सरकारले वैशाखदेखि निजी अस्पतालमा २० प्रतिशत सहभुक्तानीको व्यवस्था लागू गर्ने भएको छ । बोर्ड अध्यक्ष डा. लोहनीका अनुसार २०८१ सुरुवातदेखि यस्तो व्यवस्था गर्न लागिएको छ । ‘सरकारी अस्पतालहरूमा १० प्रतिशत सहभुक्तानी लागू छ, निजी अस्पतालहरूमा २० प्रतिशत हो’, उहाँले भन्नुभयो, ‘यो वैशाख १ गतेदेखि लागू हुन्छ ।’ यसले गर्दा सर्वसाधरणले ढुक्कसँग स्वास्थ्य बीमा गर्न आग्रह गरे । उजले सबैलाई सकारात्मकसोचकासाथ विश्वास गर्न पनि आग्रह गरे । बीमा बोर्डले आठौ स्वास्थ्य बीमा दिवस मनाउँदै छ ।

प्रतिक्रिया दिनुहोस्