किन सरुवा भयो सचिव शर्माको ?

काठमाडौ, २३ चैत । गत विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले १० जना सचिवको सरुवा ग¥यो, जसमध्ये भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मा पनि सरुवामा परेका छन् । उनलाई आकर्षक मानिने भौतिक पूर्वाधार मन्त्रालयबाट कम आकर्षक मानिने कार्यालय जल तथा उर्जा आयोगमा लगिएको छ । शर्मा भौतिकमा करिब १५ महिना बसे । २०७९पुसमा उनी भौतिक मन्त्रालयको सचिवमा सरुवा भएका थिए भने २०८० चैतमा भौतिकबाट बहिर्गमन भएका छन ।

सिचाइ मन्त्रालयबाट शर्मा भौतिकमा सरुवा भएका थिए । त्यसअघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए । अख्तियार जानु अघि उनी भौतिकमै कार्यरत थिए । सेटिङ मिलाउन र सधै आकर्षक कार्यालयमा बस्न माहिर मानिने शर्मा यसपटक भने उर्जा आयोगमा फालिएका छन् । उनी कसरी उर्जा आयोगमा गए, मन्त्रालयकै कर्मचारीहरु चकिन परेका छन् । मन्त्रालय स्रोत भन्छ, भौतिक मन्त्रालयमा करिब १५ महिना शर्माको कार्यकाल निकै विवाददित बन्यो । उनको पालामा बुटवल –नारायणगढ, तथा मुगलिङ– पोखरा सडकको काम अत्यन्त सुस्त बन्यो । नागढुङ सुरुङ मार्गमा पनि बेला बेलामा अबरोध आइरह्यो । अबरोध हटाउन उनले पहल गरेनन । यसबाट सरकारमाथि जन आक्रोश थपियो ।

केही समय अघि यातायाता व्यवस्था विभागले करिब १ लाख अवैध तथा किर्ते लाइसेन्स वितरण गरेको विवरण सार्वजनिक ग¥यो । विभागका महानिर्देशक उद्धबप्रसाद रिजालले किर्ते लाइसेन्स बनाउने कर्मचारी तथा बिचौलिया माथि छानविन प्रक्रिया अघि बढाए । यस काममा शर्माले सहयोग गरेनन । उल्टै अवैध लाइसेन्स प्रक्रिया सम्बन्धी छानविन गर्न बनेको समितिको प्रतिबेदन किन मिडियालाई सूचना दिएको भनी रिजाललाई प्रष्ट्रिकरण सोधे । रिजाललाई कार्यकक्षमै कालोमोसो दल्ने व्यक्तिहरूमाथि कारबाही गर्न शर्माले माग गरेनन । उल्टै संरक्षण गरे । अवैध लाइसेन्स छानविन गर्न असयोग गरेको भन्दै रिजालले ५जना कर्मचारीलाई विभागबाट सरुवा गर्न मन्त्रालयलाई चिठी लेखेरै अनुरोध गरेका थिए । रिजालले अनुरोध गरेका कर्मचारीहरुलाई शर्माले सरुवा गरेनन । उल्टै प्रोत्हासन दिएर विभागमै राखे ।
विभागले अवैध लाइसेन्स वितरण गरेको विषयमा छानविन अघि बढाइरहेको बेला त्यसलाई काउन्टर गर्ने गरी शर्माले मन्त्रालयका उपसचिव सुरेश श्रेष्ठको संयोजकत्वमा अर्को समिति गठन गरे । तर त्यसको प्रतिबेदन सधै गोप्य राखे ।

शर्माको पालामा नारायणकाजी श्रेष्ठ र प्रकाश ज्वाला भौतिक पूर्वाधार मन्त्री थिए । यी दुबै मन्त्रीलाई भ्रममा पारेर शर्माले तीन÷तीन महिनामा सुइ तथा सिडिइ, डिइ सरुवा गर्ने गरे । सरुवामै उनले चलखेल गरे । यसबाट ठूलो आर्थिक उपार्जन गरेको आरोप उनीमाथि लाग्ने गरेको छ । शर्मामाथि मन्त्रालयमा कर्मचारीहरुवीचमै गुटबन्दी गर्ने गरेको र एउटा गुटलाई संरक्षण गर्ने गरेको आरोप संधै लाग्ने गरेको छ ।

मन्त्रालयका एक कर्मचारी भन्छन,‘यी सबै कारणले भौतिक पूर्वाधार मन्त्रालयबाट शर्माको सरुवा आवश्यक नै भइसकेको थियो । त्यसैले यो सरुवा स्वाभाविक पनि हो । एउटा सचिव मन्त्रालयमा १५ महिना बस्नु त्यसै पनि ठूलो कुरा हो । त्यसमापनि उनी ठूलो वजेट रहेको मन्त्रालय भौतिकमा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्