कांग्रेसले टुंगो लगायो उम्मेद्वार, इलाम(२) मा खड्का र बझाङमा सिंह

काठमाडौं, २२ चैत । नेपाली कांग्रेसले इलाम(२) र बझाङको प्रदेशसभा सदस्यमा उम्मेद्वार टुंगो लगाएको छ । आज देउवा निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले इलाम(२ मा डम्बर खड्कालाई र बझाङको प्रदेशसभा सदस्यमा अभिषेक सिंहलाई  अघि सार्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसले इलाम(२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उम्मेदवार बनाउन सभापति देउवाले अडान लिएका थिए । महामन्त्री गगन थापा र डा। शेखर कोइराला भेषराज आचार्यको पक्षमा थिए । कांग्रेसले अघि सारेका खड्का गत निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग ११४ मतले पराजित भएका थिए ।

नेपाली कांग्रेसले बझाङको प्रदेशसभा सदस्यमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आज देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

अभिषेक कांग्रेसका दिवंगत सांसद पृथ्वीबहादुर सिंहका छोरा हुन् । सुदूरपश्चिम सरकारमा कानूनमन्त्रीसमेत रहेका सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । देउवाको जोडबलमा पृथ्वी पुत्र अभिषेक उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्