उपनिर्वाचनमा उम्मेदवारको टुंगो लगाउन आकांक्षीसँग सामूहिक छलफलमा काँग्रेस

काठमाडौं, २२ चैत । नेपाली कांग्रेसले बैशाख १५ गते ह्ने उपनिर्वाचनमा उम्मेदवारको टुंगो लगाउन आकांक्षीसँग सामूहिक छलफल गरिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान साढे १० बजेबाट उम्मेदवारका आकांक्षीसँग सामूहिक छलफल थालेको हो ।

आगामी वैशाख १५ मा इलाम २ र बझाङ प्रदेशसभा १ मा हुने उपनिर्वाचनको उम्मेदवार टुंग्याउन कांग्रेसलाई सकस परेको छ । छलफलमा पार्टीका शीर्ष नेताका साथै उम्मेदवारका आकांक्षी र सम्बन्धित जिल्लाका नेताहरू सहभागी छन् ।

इलाम( २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबिच मुख्य भिडन्त छ । सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका छन् भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका छन् ।

यस्तै बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पनि जगत जोशी र अभिषेक सिंहको हानथाप चलिरहेको नेताहरू बताउँछन् । देउवाले सिंह र कोइरालाले जोशीको नाममा अडान लिइरहेका छन् । उम्मेदवार टुंग्याउन देउवा र कोइराला एक मत नहुँदा चार दिनदेखि कांग्रेस आन्तरिक छलफलमै केन्द्रित छ ।

एमाले, रास्वपा, राप्रपा, एकीकृत समाजवादी जनमत लगायतका दलले उम्मेदवारी टुंग्याएर प्रचार थालेपनि कांग्रेस नेताहरु आन्तरिक लफडामा फसेका छन् । आजको बैंठकले उम्मेद्वार टुंगो लगाउने छ ।

प्रतिक्रिया दिनुहोस्