आज संघीय संसद अन्तर्गतका ७ वटा संसदीय समितिको बैठक
काठमाडौं, २२ चैत । संघीय संसद अन्तर्गतका ७ वटा संसदीय समितिको बैठक बसिरहेको छ ।
संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभा अन्तर्गतका ६ र राष्ट्रिय सभा अन्तर्गको एउटा समितिको बैठक आज बसेको हो।
प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक बिहान ११ बजे, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक साढे ११ बजे, कानुन, न्याय तथा सामाजिक मामिला समितिको बैठक ११ बजे, महिला तथा सामाजिक मामिला समितिको बैठक २ बजे, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति १ बजे र सार्वजनिक लेखा समितिको बैठक १ बजे बस्ने तय भएको छ।
राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक ३ बजे बस्ने संसद सचिवालयले जनाएको छ।
अर्थ समितिको बैठकमा उजुरी छानबिन उपसमितिमा हाल सम्म भएका कामकारवाहीको जानकारी सम्बन्धमा समितिको आन्तरिक छलफल हुनेछ।
त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा प्रत्यायन ऐन, २०७९ को दफा ३ मा व्यवस्था भए बमोजिमको नेपाल प्रत्यायन केन्द्रको स्थापना गर्ने सम्बन्धमा मन्त्रालयबाट हालसम्म भए गरेको कामकारबाहीका बारेमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीसँग छलफल हुनेछ ।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ। केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा संघीय संसद सचिवालयसँग सम्बन्धित विषय एवं दफाहरुका सम्बन्धमा छलफल हुनेछ ।
महिला तथा सामाजिक मामिला समितिको बैठकमा युएन सिइडिएडब्ल्यु कमिटीले नेपाल सरकारलाई जारी गरेको लिस्ट अफ इस्युज ९विषय सूची० मध्ये मानव बेचबिखन सम्बन्धी र लैंगिक हिंसा सम्बन्धी विषयमा छलफल हुनेछ।
त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।
सार्वजनिक लेखा समितिको बैठकमा हुलाकी राजमार्ग सम्बन्धमा छलफल हुनेछ।
राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सरकारी आश्वासन कार्यान्वयन अवस्थाको प्रगति सम्बन्धमा, सार्वजनिक नीतिको मस्यौदा, निर्माण र कार्यान्वयन सम्बन्धमा छलफल हुनेछ।
प्रतिक्रिया दिनुहोस्