त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँचजना ठहरै, वेपत्ता युवक पनि मृत फेला

काठमाडौं २१ चैत । त्रिशूली नदीमा ट्याक्सी खस्दा अर्को बेपत्ता रहेका एक जना युवक मृत फेला परेका छन्।

गत शनिबार बिहान ६ बजे इच्छाकामना गाउँपालिका–५ सिमलधारा नजिकै पृथ्वी राजमार्ग सडकखण्डमा काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खसेको थियो।

बा २ ज ४१९६ नं. को दुर्घटना हुँदा ट्याक्सीमा सवार ५ जनाको शव फेला परेको थियो।

दुर्घटनामा गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन शिर्मल, ७० वर्षीया जुनमाया रोकाया, २८ वर्षीया अन्जना रोकाया, वडा नम्बर ७ फिनामका ४१ वर्षीया हरिमाया रोकाया र ९ वर्षीय आगमन नगरकोटीको मृत्यु भएको थियो।

त्यस्तै गोरखा नगरपालिका–७ पौवाखेतका १८ वर्षीय विवश रोका बेपत्ता भएका थिए। अचानक ट्याक्सी दुर्घटनाको ठाउँमा उनको शव बुधबार बिहान सवा ८ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

आफन्तलाई बोलाएर उनको सनाखत समेत भइसकेको प्रहरीले जनाएको छ।

मुचुल्का गरी शव परीक्षणका लागि गोरखा अस्पतालमा पठाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्