सर्वोत्तम सिमेन्टले बोलायो वार्षिक साधारण सभा

काठमाडौं,२१ चैत । सर्वोत्तम सिमेन्ट लिमिटेडले नगद लाभांश वितरणको प्रस्ताव सहित साधारण सभा बोलाएको छ । कम्पनीले बैशाख १२ गते पाँचौ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ । कम्पनीको हिजो चैत २० गते, बसेको २१० औं सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

साधारण सभाले शेयरधनीलाई कुल १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत पारित गर्ने निर्णय गर्नेछ । सभा २०८१ वैशाख १२ गते, बुधबार होटल भिलासा, भैरहवा, रुपन्देहीमा हुने कम्पनीले जनाएको छ ।

सभामा शेयरधनीहरुलाई कम्पनीको आर्थिक वर्ष २०७९र८० सम्मको सञ्चित मुनाफाबाट हालको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रूपैयाँको १५ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

पाँचौ वार्षिक साधारणसभा प्रयोजनको लागि चैत ३० गते एक दिन कम्पनीको बुकक्लोज गरिने भएको छ ।

उक्त सभाले संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने ५ जना, सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक १ जना र १ जना स्वतन्त्र सहित ७ जना सञ्चालक नियुक्ती समेत गर्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्