सूर्यज्योति लाइफ इन्स्योरेन्सले ३५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं,२१ चैत । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आ. व.को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशतका दरले लाभांश वितरण गर्न लागेको हो । जसमध्ये १०.२६ प्रतिशत बोनस शेयर रहेको छ भने २४.७४ प्रतिशत (कर प्रयोजन सहित) नगद लभांश रहेको छ ।

हिजो चैत २० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्