राजीनामा गर्नु अघि किन बोलाए गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीले मन्त्रीपरिषद् बैठक ?

काठमाडौं २१ चैत । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीको राजीनामा आउनुअघि मन्त्रीपरिषद् बैठक बस्दै छ । मुख्यमन्त्री कार्यालयमा अहिले ११ बजे बैठक किएको हो । बैठकले केही निर्णयहरू गर्ने बताइएको छ । मुख्यमन्त्रीको राजीनामाबारे पनि अनौपचारिक छलफल हुनेछ जनाएको छ ।

त्यसबाहेक केही विधेयकहरू प्रदेशसभामा पेस गर्न स्वीकृति दिने निर्णय बैठकले गर्ने बुझिएको छ । अहिले क्याबिनेटमा कांग्रेस र स्वतन्त्र सांसद मन्त्री छन् । ७ सदस्यीय क्याबिनेटमा यसअघि माओवादीका २ मन्त्री थिए । केन्द्रको समीकरण बदलिएपछि मुख्यमन्त्रीले २२ फागुनमा दुवै मन्त्रीलाई बर्खास्त गरिदिए ।

त्यसपछि रिक्त रहेको भौतिक पूर्वाधार विकास मन्त्रीमा स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई नियुक्त गरिएको हो । सामाजिक विकास मन्त्रालयको जिम्मेवारी महेन्द्रध्वज जिसीले पाएका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै राजीनामा दिने सम्भावना छ । उनले यसअघि मंगलबार दलका सांसदहरूसँग पनि राय लिएका छन् । उनी राजीनामा दिएर उपधारा (३) अनुसार पुनः मुख्यमन्त्री बन्ने दाउमा छन् । तर यसले साथ पाउला या कृ हाृला भन्ने त्रास भने छदैछ ।

प्रतिक्रिया दिनुहोस्