ताइवानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो

काठमाडौं २१ चैत । ताइवानमा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । बुधबार बिहान गएको भुकम्पमा परेर हालसम्म एक जनाको मृत्यु भएको ताइवानको नेसनल फायर एजेन्सी(एनएफए) ले जानाएको छ ।

एनएफएका अनुसार हुवालेन काउन्टीमा हाइकिङमा गएका ती व्यक्ति मृत फेला परेका हुन् । अधिकारीहरूले अझै पनि क्षतिको विवरण सङ्कलन गर्ने प्रयास गरिरहेको जनाएका छन् ।

यता ताइवानको सेन्ट्रल इमर्जेन्सी कमान्ड सेन्टर (सीईओसी)ले भूकम्पमा कम्तीमा २६ वटा भवन ढलेको बताएको छ । यसमध्ये ७ वटा भवनमा मानिसहरू फसेको रिपोर्ट प्राप्त भएको सीईओसीको भनाई छ । यसमध्ये भूकम्पको केन्द्रबिन्दु नजिक रहेको हुवालेन काउन्टीमा १५ वटा भवनमा क्षति पुगेको छ ।

भूकम्पले त्यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ । ९१ हजार परिवार विद्युत‍्विहीन बनेको सीईओसीले जनाएको छ । यता पूर्वी ताइवानमा रेल सेवा पनि रद्द गरिएको छ । आज नै त्यसलाई सुचारु गरिने सेन्टरले जानकारी दिएको छ । उद्धमर कार्य जारी रहेकाले थप विवरण आउन बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस्