आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम आवश्यक

काठमाडौं, २० चैत । आम नागरिकमा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा सम्बन्धी विशेष जानकारी दिन आवश्यक भएको सरोकारवालाहरुले जोड दिएका छन् ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक महाशाखाको आयोजनामा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र टेकुमा उक्त अन्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले आम नागरिकलाई आधारभूत स्वास्थ्य सम्बन्धी जानकारीको कम भएकाले यस सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम आवश्यक भएबको बताएका हुन् ।

कार्यक्रममा बोल्दै उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. अनुप बास्तोलाले आम मानिसहरुमा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा सम्बन्धी ज्ञान नभएकोले यस सम्बन्धि जानकारी आम मानिस र दूरदराजमा रहेको नागरिकसम्म पुर्याउन संञ्चार माध्यमहरुले पुलको भूमिका निर्वाह गरि दिन अनुरोध समेत गरे ।

नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४, जनस्वास्थ्य सेवा ऐन,२०७५,पन्ध्रौं योजना तथा राष्ट्रिय स्वास्थ्य वितरण नीति २०८०/२०९१ मा आधारभुत तथा आकस्मिक स्वास्थ्य सेवा सम्बन्धी व्यवस्था गरिएको भएपनि धेरै मानिसहरुमा यसबारेको ज्ञान नभएका कारण उक्त अन्र्तक्रिया कार्यक्रम सञ्चालन गरिएको निर्देशक डा. बास्तोलाले बताए ।

आधारभुत स्वास्थ्य सेवा अन्तर्गत खोप सेवा, एकीकृत नवजात शिशु स्वास्थ्य सेवा, सरुवा रोग सम्बन्धी सेवा, नसर्ने रोग तथा शारीरिक विकलांग सम्बन्धी सेवा, मानसिक रोग सम्बन्धी सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य सम्बन्धी सेवा, सामान्य चोटपटक सम्बन्धी सेवा,आयुर्वेद तथा अन्य परम्परागत स्वास्थ्य सेवा पर्छन् । आधारभुत स्वास्थ्य सेवाका लागि सरकारले विभिन्न ९८ प्रकारका औषधिहरु निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

इपिडिपियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासिनीले विशिष्टीकृत नभई आधारभुत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने बताए । यसका लागि सरकारले विशेष प्रकारको प्याकेज ल्याउनुपर्ने हुन्छ, डा मरासिनीले भने, जसमा विशिष्टीकृत सेवालाई स्वास्थ्य बिमाले समावेश गर्ने नीति ल्याउन आवश्यक छु सरकारले शुरु गरेका धेरै स्वास्थ सम्बन्धी कार्यक्रमहरु लोकप्रियताको लागि ल्याइएको र दुरदर्शिता नभएकोले आगामी नयाँ कार्यक्रम ल्याउदा स्रोत,साधन र त्यसको निरन्तरतालाई ध्यानमा राख्नु पर्नेमा जोडदिए ।

स्वास्थ्य सेवा विभाग आपूर्ति तथा व्यवस्थापन महाशाखाका प्रमुख डा श्रवण कुमार थापाले आधारभुत औषधिहरुको सूची समयअनुसार परिमार्जन गर्नुपर्ने बताए ।

आधारभूत स्वास्थ्य सेवा मौलिक हक मै व्यवस्था गरेको बताउँदै यसको लागि तीनै तहको सरकारलको सह-अस्थित्व र सहकारिताको व्यवस्था एनेले नै व्यवस्था गरेको हुँदा यसलाई कायान्वयनमो जोड दिए । ।

प्रतिक्रिया दिनुहोस्