सिंगटी हाईड्रो इर्नजीको लिलामी शेयर भर्ने आज अन्तिम दिन

काठमाडौं, २० चैत । सिंगटी हाईड्रो इर्नजी लिमिटेडको सर्वसाधारणतर्फको लिलामी शेयरमा आवेदन आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत १२ गतेदेखि ४६ लाख ११ हजार ५३५ कित्ता शेयर लिलामी मार्फत बिक्री खुल्ला गरेको हो ।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । यस लिलामीमा बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ । सो शेयर खरिदका लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम पुरै कित्ता खरिद गर्न सकिने छ अर्थात संख्याको लागि कुनै हद छैन ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालय तथा सिन्धु विकास बैंकको दोलखा शाखाहरुबाट आवेदन दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्