फिल्म‘चिसो मान्छे’ र सर्ट फिल्म ‘घुर्रा’ लाई उत्कृष्ट अवार्ड

काठमाडौं । पाँचौ अन्तराष्ट्रिय सांस्कृतिकचलचित्रमहोत्सवमा ‘चिसो मान्छे’ले उत्कृष्ट चलचित्र र ‘घुर्रा’ले उत्कृष्ट लघुचलचित्रको अवार्ड प्राप्त गरेको छ । चलचित्रचिसो मान्छेको लेखन तथानिर्देशनदिपेन्द्र के खनालले गरेकाहुन् । चिसो मान्छेबाटै नायिका स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन् । एक सटमा खिचिएको बालमनोविज्ञानमा आधारित लघुचलचित्र ‘घुर्राको लेखन तथानिर्देशन रंगकर्मी मोहनअभिलाषीले गरेका छन् । चलचित्र‘महापुरुष’बाट हरिवंशआचार्यले उत्कृष्ट अभिनेता र प्रदिप भट्टराईले उत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् । हरिवंश अवार्ड लिन स्वयं उपस्थितभएकाथिएभने निर्देशक भट्टराई कार्यक्रममा देखिएनन् । त्यस्तै चलचित्र‘छक्का पन्जाचार’बाट दीपक राजगिरीले उत्कृष्ट लेखक र दीपाश्री निरौलाले छक्का पन्जाचारबाटै जुरी मेन्सन अवार्ड पाएकी छिन् । दीपकराजगिरी छक्का पन्जापाँचको स्कृप्टमा व्यस्तभएकोले कार्यक्रममाआउननसकेको भन्दै दुवै अवार्ड दीपाश्रीले नै लिएको थिईन् ।

राष्ट्रियतर्फ उत्कृष्ट सांस्कृतिकचलचित्रमा‘थिम’, वातावरणीय चलचित्रमा‘दिअर ईज नो टुमारो’, उत्कृष्ट डकुमेन्ट्रीमा ‘मकै विवाह’, उत्कृष्ट महिलाचलचित्र‘द गोर्खा गर्ल’, उत्कृष्ट बालचलचित्रमा‘ईअर्ली होम’ले अवार्ड पाएको छ भने स्पेशल जुरी मेन्सन अवार्ड ‘जर्ना’ र ‘युवराज’ले प्राप्त गरेको छ । लघुचलचित्र ‘साउण्डअफ ड्रिमिङ’बाट चिन्तनराज भण्डारीले उत्कृष्ट छायाँकारको अवार्ड पाए । प्रमुखअतिथिका रुपमा नेपालीकांग्रेसकाप्रदिपपौडेल उपस्थित रहेको थिए । मिथिलाशर्मा, भुवनचन्द, हरिवंशआचार्य, दीपाश्री निरौला, सुश्माकार्की, आर्यन सिग्देल, मोहननिरौलालगायतथुप्रै कलाकारहरुको उपस्थितथिए ।

चलचित्रमहोत्सवमाविभिन्नविधाकाउत्कृष्ट राष्ट्रिय चलचित्रतर्फ १५ र अन्तराष्ट्रिय चलचित्रतर्फ उत्कृष्ट १५ अवार्ड वितरण गरिएको थियो । अन्तरास्ट्रियतर्फ उत्कृष्ट चलचित्रभारतको ‘मुझे स्कुलनहीजाना’ र लघुचलचित्रमा बेलायतको ‘नो फ्रिडम नो आर्ट’ले अवार्ड पाएको छ । बंगलादेशको प्रशुन रहमानले चलचित्र‘डियर सत्यजित’बाट उत्कृष्ट निर्देशक अवार्ड पाए । उत्कृष्ट महिलाचलचित्रमापाकिस्तानको ‘ईन्टरभल’, डकुमेन्ट्रीमा बहराइनको ‘शैख अलतानवीर’, बालचलचित्रमाभारतको ‘शट बुट थ्री’, वातावरणीय चलचित्रमा साउथअफ्रिकाको ‘द लाष्ट सीड’, मानवअधिकार चलचित्रमा बेल्जियमको ‘ह्वेर ह्याभअल द स्माईल्स गन’ले अवार्ड प्राप्त गरेको छ ।

उत्कृष्ट अभिनेतामाबंगलादेशको चलचित्र‘जुद्धो जोएर किशोर नायक’बाट अतिक्युर रहमानशिहान, अभिनेत्रीमा क्यानडाको चलचित्र‘जेन’बाट जोभान्नाबुर्की, उत्कृष्ट लेखकमा चेक रिपब्लिकको ‘सेक्रेट्स अफएनवर्ल्ड गन टु’बाट ईभो मचारेक, उत्कृष्ट छायाँकारमा अमेरिकाको ‘द ट्रु समिट’बाट कोर्बन रबीले अवार्ड पाएका छन् । जुरी मेन्सन अवार्ड नेपालमा छायांकन गरिएको जर्मनीको ‘नमस्ते हिमालय’ र स्पेसल मेन्सन अवार्ड फ्रान्सबाट ‘ईमाकुलेट’ र पाकिस्तानको ‘समटाईम्स ईभन द सोर ड्रन्स’ले पाएको छ । विदेशबाट धेरैजसो विजेताहरु कार्यक्रममा स्वयं सहभागीभएरै अवार्ड लिएकाथिए । चलचित्रविकास बोर्डको हलमाअन्तर्राष्ट्रिय चलचित्रमहोत्सवभईरहँदाविकास बोर्डकै अध्यक्षभुवन केसी भने अनुपस्थित रहेकाथिए । चलचित्रलाई माया गरेर विदेशबाट धेरै चलचित्रकर्मीहरु नेपालआइरहँदाचलचित्रविकास बोर्डकै अध्यक्षले बेवास्ता गरेको धेरै सहभागीहरूले गुनासो व्यक्त गरेकाथिए ।

पाँचौ अन्तराष्ट्रिय सांस्कृतिकचलचित्रमहोत्सवको राष्ट्रिय निर्णायकको रूपमानायिकाआँचलशर्मा, कलाकार मोहननिरौला, अभिनेत्री सुष्माकार्की, चलचित्रकर्मी मोहन राई, पत्रकार शान्तीप्रिय, जय निशान्त र सुवास प्रधान रहेकाथिए । त्यस्तै अन्तराष्ट्रिय निर्णायकमापोल्याण्डकी म्याग्डालेनाजुज्जिक, जर्मनीकी डर्क गिल्सन, सर्बियाकील्जुबिन्का स्टोजानोभिक, जर्मनीकाजान स्लेंक, भारतकामुश्ताकअलीअहमदखान, क्रोएसियाकाइभागालोभिक, कोरियाकीमिरियम ग्लेजर छन् । भारतकामुश्ताकअलि, जर्मनीकाजान स्लेक, सर्बियाकील्जुबिन्का, पोल्यान्डकि म्याग्डालेनामहोत्सवमाउपस्थित रहेकाथिए । सबैले नेपालीमाबोल्ने प्रयास गरेर महोत्सवको माहोललाई तताएकाथिए ।

तीनदिने महोत्सवको उद्घाटन नेपालपर्यटन बोर्डमागरिएको थियोे भने समापनचलचित्रविकास बोर्डको हलमागरिएको थियो । महोत्सवमाविभिन्न राष्ट्रिय तथाअन्तर्राष्ट्रिय फिल्मप्रदर्शनसँगै प्यानल डिस्कशन र मास्टर क्लास समेत भएको थियो । चलचित्रविकास बोर्डमा सर्बियाकीलजुबिन्का स्टोजानोभिकले चलचित्र सम्बन्धीकार्यशालादिएकीथिईन् भने अन्तिमदिनभारतकामुश्ताकअलीअहमदखानले मास्टर क्लास गरेकाथिए । चलचित्रमहोत्सवको समापनगर्दै महोत्सवनिर्देशक सन्तोष सुवेदीले देश तथाविदेशबाट चलचित्र क्षेत्रलाई माया गरेर महोत्सवमाउपस्थित सबैलाई धन्यवाद ज्ञापन साथै अतिथिहरुलाई मायाको चिनो प्रदान गरेकाथिए ।

प्रतिक्रिया दिनुहोस्