रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गर्नेहरु प्रहरी नियन्त्रणमा

काठमाडौं, १९ चैत । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गर्ने अभियन्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुसी सेनामा रहेका नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानकी अभियन्ता तथा नेकपा एकिकृत समाजवादी पार्टीकी नेतृ कृतु भण्डारी सहित १४ जनालाई प्रदर्शनकाक्रममा प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको हो ।

रुसी सेनामा गएर सम्पर्क विहीन भएकाहरुको खोजी, मृत्यु भएकाहरुको शव फिर्ता र अलपत्र परेकाहरुको उद्धारको माग राख्दै उनीहरुले सिंहदरको दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए । अभिय।न्ताहरुले रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको लागि विभिन्न दवावमुलुक कार्यक्रमहरु संचालन गर्दै आएका छन् ।
नियन्त्रणपछि उनीहरुलाई प्रहरीले नेपाल प्रहरीको सिंहदरवार परिसरमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्