महालेखा परीक्षकमा तोयम राया सिफारिस

काठमाडौं,१८ चैत । महालेखा परीक्षकमा तोयम राया सिफारिस भएका छन् ।

आज बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायालाई सिफारिस गरेको हो ।

हाल तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी राया पूर्वअर्थसचिव हुन् ।

यसअघि राष्ट्रिय योजना आयोग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पनि उनले सचिवको जिम्मेवारी निभाएका थिए ।

गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद १० महिन देखि रिक्त रहेको थियो । शर्मा निवृत भएपछि महालेखा परीक्षकको कार्यालय कार्यबाहकको भरमा चलिरहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्