समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं,१८ चैत । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भोली चैत १९ गते बुकक्लोज गर्ने भएको हो ।

जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

लघुवित्तले चैत २९ गते, बिहीबार नमोबुद्ध बैंक्वेट एण्ड इभेन्ट, बनेपा–७, काभ्रेपलाञ्चोकमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले लघुबित्तको चुक्ता पूँजीको ५.४२२२ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.२८५४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई एक्वायर गर्ने सम्बन्धमा सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्