एनएमबि बैंकको ५२ हजार १७२ कित्ता संस्थापक सेयर लिलामी खुला

काठमाडौं, १६ चैत । एनएमबि बैंकले आजदेखि ५२ हजार १७२ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।

यस बैंकको शेयर लिलाममा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम भाउ १२० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् ।

यस लिलामका लागि बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । आवेदकले एनएमबि क्यापिटल, बालुवाटार काठमाडौंमा चैत २२ गतेसम्म पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्