पत्रकार महासङ्घको ६९ औँ स्थापना, सभामुख घिमिरेले दिए शुभकामना

काठमाडौं, १६ चैत । आज शुक्रबार नेपाल पत्रकार महासङ्घको ६९ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाइंदै छ । दिवसमा महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाउन लागेको हो ।

यसै अवसरमा सभामुख देवराज घिमिरेले शुभकामना दिएका छन् । महासङ्घको स्थापनाकालदेखि आजसम्म आइपुग्दा विभिन्न कालखण्डमा नेतृत्व प्रदान गर्ने अग्रजहरूप्रति उच्च सम्मान प्रकट गर्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लडाइँका क्रममा साहदत प्राप्त सहिद पत्रकारहरूप्रति श्रद्धाञ्जली समेत व्यक्त गरेका छन् ।

ुनेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासङ्घको ६९ औँ स्थापना दिवसको अवसरमा देशैभर र विश्वका विभिन्न स्थानमा छरिएर रहेका महासङ्घका सदस्यसहित आम नेपाली सञ्चारकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछुु शुभकामना सन्देशमा भनिएको छ । सभामखु घिमिरेले देशका विभिन्न भागमा रहेर जोखिम मोलेर कामगर्ने पत्रकारलाई राज्यले उचित सम्बोधन गर्नुपर्ने कुरा औल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्