गोर्खाज फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । फाइनान्सको ग्लोबल मनी वीक २०२४ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

फाइनान्सले वित्तीय संस्थाका सातै प्रदेशमा रहेका १८ शाखाहरुले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी झण्डै हजार विद्यार्थीहरुलाई वित्तीय ज्ञान, सीप र वित्तीय चेतना तथा बैंक वित्तीय संस्थाले दिने सेवा र यसमा ग्राहकले अपनाउनुपर्ने सावधानीको सम्बन्धमा जानकारी दिइएको थियो ।

हाल २६ शाखा र १ एक्स्टेन्सन काउण्टर सहित सातै प्रदेशमा शाखा सञ्जाल रहेको वित्तीय संस्थाले आगामी दिनमा समेत वित्तीय चेतनालाई वृद्धि गर्दै समाजमा बैंक वित्तीय संस्थाप्रति विश्वास दिलाउन अन्य यस्तै प्रकारका कार्यक्रमहरु आयोजना गरिने प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले बताउनुभयो । यस्ता वित्तिय साक्षरता कार्यक्रमले आम नागरिकमा वित्तिय चेतनाको स्तर बढ्नुका साथै बचत गर्दा भविष्यमा पर्ने विपत्तिलाई समेत टेवा पुग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्