मैलुङ खोला जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं,१५ चैत । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

कम्पनीले चैत २९ गते वार्षिक साधारण सभा बोलाएको छ र भोली शुक्रबार (चैत १६ गते) बुक क्लोज गर्दैछ । त्यसैले आजसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

गत आ.व.को नाफाबाट २.२२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.११ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।

सभा लैनचौर ब्यांकेट, लैनचौर, काठमाडौंमा हुनेछ । सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

प्रतिक्रिया दिनुहोस्