सुनकोशी मरिन आयोजनामा विश्व कीर्तिमानः चिनियाँ राजदूत छेन

काठमाडौं, १४ चैत । नेपालका लागि चिनियाँ राजदूत छेन सोङले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा सुरुङ खन्ने काममा विश्व कीर्तिमान बनेको दाबी गरेका छन् । यहाँ टनेल बोरिङ मेसिनबाट सुरुङ खन्ने काम जारी छ ।

राजदूत सोङका अनुसार टीबीएमले एक महिनामा १ हजार ५०३.३ मिटर सुरुङ खनेको छ । यो विश्व कीर्तिमान हो । यसअघि यस्तो कीर्तिमान १ हजार २२४.१३ मिटर रहेको समेत उनले दाबी गरेका छन् ।

यो आयोजना चिनियाँ निर्माण कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपले बनाइरहेको छ । सन् २०२३ मा समेत सोही कम्पनीले १२ सय मिटर सुरुङ खनेर रेकर्ड राखेको उनले बताएका छन् । निर्माण कम्पनीले दैनिक ७२.६८ मिटर सुरुङ खन्दै अर्को रेकर्ड राखेको राजदूतको दाबी छ ।

सुनकोशी मरिन आयोजना प्रमुख मित्र बरालले राजदूतले दाबी गरे अनुसार आधिकारिक तथ्यांक नभए पनि आयोजनामा सुरुङ निर्माणले गति लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्