निर्मला पन्तको बारेमा मिहिन ढङ्गले अध्ययन भइरहेको छः गृहमन्त्री लामिछाने

काठमाडौं, १४ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको बारेमा मिहिन ढङ्गले अध्ययन गरिरहेको बताएका छन् । बुधबार राज्यव्यवस्था समितिको बैठकमा जवाफ दिँदै गृहमन्त्री लामिछानेले निर्मला पन्तको घटनाको विषयमा मिहिन ढङ्गले अध्ययन गरिरहेको बताएका हुन् ।

कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो ।

बैठकमा गृहमन्त्री लामिछानेले भने, ‘मेरो पहिलो कार्यकालको निर्णय हो । निर्मला पन्तलाई न्याय दिनुपर्ने छ । त्यसमा लागिरहने छु ।’

यस्तै गृहमन्त्री लामिछानेले जीवन चलाउनेको केश गम्भीर रहेको बताएका छन् । त्यसकारण पनि सुन काण्डको प्रतिवेदन कार्यान्वयनमा ल्याइएको उनले बताए ।

उनले भने,‘सुन काण्डको प्रतिवेदन ४८० पेजको छ, त्यसमा राज्यका धेरै महत्त्वपूर्ण सूचना छन् । त्यसलाई सार्वजनिक गर्दा तस्करले लाभ पाउने अवस्था छ । उपयुक्त समयमा त्यसलाई सार्वजनिक गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस्