राज्य व्यवस्था समितिले गृहमन्त्री लामिछानेलाई छलफल गर्न बोलायो

काठमाडौं, १३ चैत। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाएको छ ।
समितिको बुधबार बिहान ११ बजे बैठकमा उपप्रधानमन्त्री लामिछानेलाई बोलाइएको हो । समितिको सचिवालयका अनुसार सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची छ ।
उपप्रधान तथा गृहमन्त्री लामिछानेको सचिवालय सदस्य प्रतिभा रावलले समितिको बैठकमा सहभागी हुन पत्र प्राप्त भएको बताइन् ।

समितिका सभापति रामहरि खतिवडाले पनि गृहमन्त्री लामिछाने भोलिको बैठकमा सहभागी हुने बताए । समितिको बैठकमा गृह सचिव, नेपाल प्रहरीका महानिरीक्ष

प्रतिक्रिया दिनुहोस्