सिद्धार्थ प्रिमियर इन्सुरेन्सको २ लाख ८७ हजार कित्ता सेयर लिलामी खुल्यो

काठमाडौं,१३ चैत । सिद्धार्थ प्रिमियर इन्सुरेन्सले आजदेखि २ लाख ८७ हजार ५०० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।

यस लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसंस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम २१० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

सिद्धार्थ प्रिमियर इन्सुरेन्सको यस लिलामीमा लगानीकर्ताले न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा चैत २० गतेसम्म आवेदन दिन मिल्नेछ । आवेदकले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, ट्रेड टावर थापाथली काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्