सपोर्ट लघुवित्तले बोनस सेयर दिने, साधारण सभा आव्हान

काठमाडौं,१३ चैत । सपोर्ट लघुवित्तको चैत १७ गते शुनिबार नवौं वार्षिक साधारण सभा बस्ने भएको छ । यसअघि पुस २७ गते बोलाइएको साधारण सभा गणपुरक संख्या नपुगेको कारण स्थगित भएको थियो ।

संस्थाले  दोस्रोपटक सभा बोलाइएको हो । साधारण सभा दुर्गा पार्टी प्यालेस इटहरी ४ सुनसरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गरिसकेको छ । सभामा संस्थाले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद गरी कुल १६.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

आ.व. २०७९/८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आ.व. २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । त्यस्तै, अन्य उपयुक्त लघुवित्त संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न एवं प्रबन्धपत्र, नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

प्रतिक्रिया दिनुहोस्