हिमालयन लघुवित्तद्वारा Global Money Week (GMW) – 2024 कार्यक्रम सम्पन्न

काठमाडौं, १२ चैत। हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि चैत ५ देखि ११ गतेसम्म Global Money Week (GMW) – 2024 को उपलक्ष्यमा वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

कम्पनीले वित्तीय साक्षरता अन्तर्गत केन्द्रीय कार्यालय लगायत ३२ जिल्लामा अवस्थित ७५ शाखा कार्यालयहरुले युवा लक्षित वित्तीय साक्षरता सम्बन्धी विशेष कार्यक्रमहरु संचालन गर्नुको साथै प्लेकार्ड, ब्यानर आदिको प्रयोग गरी ¥याली समेत आयोजना गरेको थियो । संस्थामा आवद्ध रहेका सदस्य, समुदाय एवम् स्कुल कलेजमा अध्ययनरत छात्रछात्रामा वित्तीय साक्षरता अभिवृद्धि गराउन (GMW) – 2024 ले तय गरेका विषयवस्तु तथा नाराहरुमा आधारित रहेर सम्पन्न गरिएको उक्त कार्यक्रमबाट करिब १८ हजार जना लाभान्वित भएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्