होली खेलेर रमाउने र खाजा खाने क्रममा झडप हुँदा दुई जनाको मृत्यु

काठमाडौं, १२ चैत। होली खेलेर रमाउने र खाजा खाने क्रममा झडप हुँदा दुई जना युवाको मृत्यु भएको छ ।

होली पर्व मनाई ुकेपछि आइतबार राति ललितपुरको धोलाहिटीमा होटेलमा मदिरा सेवन गरेको समूहबीच झडप भएको थियो । झडपमा परी पाँचथर र सुनसरी घर भई धोलाहिटी बस्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार मृत्यु हुनेमा पाँचथर घर भई धोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र सुनसरी घर भई धोलाहिटी बस्ने ३० वर्षीय पुजन राई रहेका छन् ।

पूजनको शव सुमेरु अस्पताल र रोबसको पाटनमा राखिएको छ । उनीहरू दुई जनाको मृत्यु भइसकेपछि प्रहरीले खबर पाएको एसपी सुवेदीले बताए ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ । घटनास्थलबाट धारिलो हतियार पनि बरामद भएको प्रवक्ता सुवेदीले बताए । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । होलीलाई मर्यदा पूर्वक मनाउन नसक्दा यस्तो दुःखद् घटना हुन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्