एमालेको सचिवालय बैठक सुरू
काठमाडौं, ११ चैत। सत्तारूढ दल (नेकपा एमाले) को सचिवालय बैठक सुरू भएको छ।
ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा आज होली पर्व मनाउँदै सचिवालयको बैठक सुरू भएको हो।
सरकारको सञ्चालन, राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएको छन् ।
यसका अतिरिक्त सातौं केन्द्रीय कमिटी बैठक र सचिवालय बैठकका निर्णयहरू सर्कुलर (अन्तरपार्टी निर्देशन) कारूपमा पठाउन पनि बैठक बस्न लागेको एमालेने जनाएको छ ।
इलाम—२ को प्रतिनिधि सभा र बझाङ—१ को प्रदेश सभा सदस्यका लागि वैशाख १५ गते उपचुनाव हुँदैछ। त्यसुको तयारी र त्यसमा उम्मेदवार तय गर्न सम्बन्धित जिल्ला र प्रदेश कमिटीबाट उम्मेदवार सिफारिस भएर आएका छन्। इलाम—२ का लागि ६ जनाको नाम सिफारिस भएको छ। बझाङ—१ मा तीन जनाको नाम सिफारिस भएको छ।
ती नामहरूबारे आज छलफल हुने एमालेले जनाएको छ। यसले अन्तिक टुंगोमा पूर्याउन पनि यो यो बैठक मुख्य रुपमा केन्द्रित ह्ने पार्टीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्