होली आज हिमाली र पहाडी क्षेत्रमा धुमधामकासाथ मनाइँदै

काठमाडौं, ११ चैत। रंगहरुको पर्व होली आज हिमाली र पहाडी क्षेत्रमा धुमधामकासाथ मनाइँदै छ । फागुन शुक्ल पूर्णिमाका दिन आफन्त, साथीभाइह्ररुबीच अबिर र रंग खेली रंग दलेर होली पर्व मनाइन्छ ।

काठमाडौंको बसन्तपुरसहित उपत्यकाका विभिन्न ठाउँमा युवा र बालबालिकाहरु रंग र पानीले समेत होली खेलिरहेका छन् । फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर नाचगान पनि मनाउने गरिन्छ । बूढापाका, युवा र बालबालिका पनि नाचगानमा भाग लिन्छन् । यो चाडले आपसी सद्भाव बाँ८ने पर्व पनि हो । होलीपर्वले समाजमा असमानता र विभेद मेटाउन सांस्कृतिक भूमिका खेलेको हुन्छ । ‘होली खेल्दा न जात हेरिन्छ, न धनी–गरिब’, उनले रासससँग भनेका छन्, ‘सद्भावको प्रतिविम्ब यो पर्व सभ्य र भव्य हु्रन्छ ।

होलीपर्व सभ्य र व्यवस्थित बनाउन जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षा संयन्त्रलाई बलियो बनाएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीले विभिन्न स्थानमा चेकिङ गरिरहेका छन् ।

अनुमतिबिना कसैलाई पनि रङ लगाउन र लोला हान्न पाइँदैन । यदि कसैले नियम विपरीत गरेमा तत्काल कारबाही गर्ने प्रहरीले जनाएको छ । आजको दिनलाई सर्क्षालाई बडाई गरिएको छ र युको लासि धेरै संँख्यामा प्रहरी, ट्राफिक प्रहरी खटाईएको छ ।

प्रतिक्रिया दिनुहोस्