अमेरिकी सेयर बजारमा नयाँ रेकर्ड, एसियन बजारले पनि पछाउदै

काठमाडौं,८ चैत । अमेरिकी सेयर बजार नयाँ उचाईमा पुगेको छ । बुधबार फेडरल रिजर्भले २३ वर्षकै उच्च विन्दुमा रहेको ब्याजदरलाई स्थिर राख्ने निर्णय गरेपनि यस वर्षको अन्त्यसम्ममा ३ पटकसम्म ब्याजदर कटौती गर्ने योजना प्रस्तुत गरेको छ । त्यसैगरि अमेरिकी शेयर बजारलाई एसियन बजारले पनि पछाउदै गएको छ ।

फेडरल रिजर्भको वक्तव्यपछि बुधबार अमेरिकी सेयर बजारका ३ प्रमुख सूचकहरु रेकर्ड उच्च विन्दुमा पुगेका छन् । ‘डाउ जोन्स’ सूचक १.०३५ ले बढेर ३९,५१२ विन्दुमा बन्द भएको छ । यस्तै, ‘एस एन्ड पी ५००’ सूचक ०.८९५ ले बढेर पहिलो पटक ५,२२४ विन्दु र नास्ड्याक कम्पोजिट १.२५५ ले बढेर १६,३६९ को रेकर्ड विन्दुमा बन्द भएको सीएनबीसीले उल्लेख गरेको छ ।

त्यस्तै, अमेरिकी बजारलाई पछ्याउँदै एसियाका प्रमुख सेयर बजार सूचकहरुमा पनि बिहीबार वृद्धि भएको छ । जापानको निक्के २२५ सूचक २.०३५ ले बढेर ४०,८१५ विन्दुमा बन्द भएको छ । यता, हङकङको हाङसेङ सूचक पनि २.२१५ ले बढेर १६,९०८ विन्दुमा पुगेको छ भने साङघाई कम्पोजिटमा पनि सुधार भएको छ ।

एजेन्सी,

प्रतिक्रिया दिनुहोस्