साल्ट ट्रेडिङ कर्पोरेसन र ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं,८ चैत । साल्ट ट्रेडिङ कर्पोरेसन र ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि भोली फागुन ९ गते बुक क्लोज गर्दैछन् । यी दुई कम्पनीको लाभांश लिन आजै सेयरधनी बन्नुपर्छ । ग्रीन डेभलपमेन्ट बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ३.८५ बोनस सेयर र कर प्रयोजनका लागि ०.२०५ नगद लाभांश वितरण गर्दैछ । बैंकले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को वार्षिक साधारण सभा चैत २७ गते साधारण सभा बस्दैछ । सभा मेजेस्टिक लेक फ्रन्ट एन्ड सुइट पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत वर्षको नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।
उक्त लाभांश पारित गर्न यस कम्पनीले चैत २३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा त्रिभूवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्