सेवा प्रवाहमा तत्कालै सुधार गर्न गृहमन्त्री लामिछानेको निर्देशन
काठमाडौं, ७ चैत। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सेवा प्रवाहमा तत्काल सुधार गर्न निर्देशन दिएका छन् ।
गृह मन्त्रालयले ६ चैतमा उपसचिव र सहसचिव गरी २२ जनाको सरुवा गरेको थियो । उनीहरूले नयाँ जिम्मेवारी सम्हाल्नुअघि गृहमन्त्री लामिछानेले सेवा प्रवाहमा तत्कालै सुधार गर्न निर्देशन दिएका हुन् ।
गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक, निर्देशक, अध्यागमन कार्यालय त्रिभुवन विमानस्थल, अध्यागमन कार्यालय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय र केही जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूको सरुवा गरेको थियो ।
गृहमन्त्री लामिछानले नागरिकमा सरकार छ भन्ने व्यावहारिक अनुभूति गराउने गरी काम गर्न पनि निर्देशन दिएका छन् । उनले भने, ‘कानुनले प्रत्यायोजन गरेको अधिकारअनुसार काम गर्नुस्, जनतामा आशा जगाउन र आफ्नो जिम्मेवारीको क्षेत्रमा गलत तत्वको सञ्जाल तोड्नुस् ।’
लामिछानेले गुण्डागर्दी, तस्करी, राजस्व चुहावट, प्राकृतिक स्रोतको दोहन नियन्त्रण, सामाजिक सद्भाव अभिवृद्धि, विपद् व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरण लगायत क्षेत्रमा तत्कालै सुधारका योजना बनाएर लागू गर्न पनि निर्देशन दिएका छन् ।
उनले मातहतका निकायलाई राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्न भनेका छन् । केवल कानुनको पालना गर्नुस्, कसैको आज्ञापालक होइन, कुनै शक्ति केन्द्र र पाटीको पछि लाग्ने परिपाटी बन्द गर्नुस्, सिर्जनशील प्रशासक बन्नुस्,’ लामिछानेले भने, ‘नागरिकबाट आप्m मानसम्मान खोज्ने होइन, जनताको सेवक भएर जनताको सेवा गर्नुस् । कहीं समस्या भए ल्याउन र जनताले सास्ती भोग्नु नपर्ने गरी व्यवस्थापन गर्न गृहमन्त्री लामिछानेले निर्देशन दिएका छन् ।
गृहमन्त्रीले औपचारिक कार्यक्रममा समय बर्बाद नगर्न पनि निर्देशन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्