नेको इन्सुरेन्सले २५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

काठमाडौं,७ चैत्र । नेको इन्सुरेन्सले चुक्ता पूँजिको २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सलाई हकप्रद निष्काशनको लागि क्रेडिट रेटिङ नेपाल लिमिटेडले ‘आइआरएन ए प्लस’ रेटिङ दिएको छ ।

क्रेडिट रेटिङ नेपालले २५ प्रतिशत हकप्रद सेयर निष्कासन तयारीमा रहेको नेको इन्सुरेन्सलाई पर्याप्त मात्रामा सुरक्षा भएको जनाउने रेटिङ दिएको हो । वित्तीय दायीत्व समयमै पूरा गर्ने सम्बन्धमा यो रेटिङले पर्याप्त मात्रामा सुरक्षा भएको अवस्थालाई जनाउँछ ।

इन्सुरेन्सको गत असोज १९ गते बसेको विशेष साधारण सभाले पनि २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । यस्तै, कम्पनीलाई हकप्रद निष्कासनका लागि बिमा प्राधिकरणले पनि अनुमति समेत दिइसकेको छ ।

अब इन्सुरेन्सले हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि हकप्रद सेयर जारी गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्