रुसमा अरु थप १६ नेपालीको मृत्यु, युद्धमा ज्यान गुमाउने संख्या अब ३३ पुग्यो

काठमाडौं,६ चैत । रुसी युद्धमा मारिनेको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । त्यस्को पछिल्लो तथ्यांकमा रुसी सेनामा भर्ती भएका थप १६ जना नेपालीको मृत्यु भएको छ । १६ नेपालीको मृत्यु भएको जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालय स्रोतले खुलायो ।

मृत्युको बारेमा थप जानकारीलाई डिएनए टेष्टको लागि नेपाल ल्याइएको छ । यो सँगै रुसी सेनामा भर्ती भएर ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ । यसअघि रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्धमा ज्यान गुमाउने नेपालीको संख्या १७ थियो ।

प्रतिक्रिया दिनुहोस्