सहकारी पीडित र सरकारी टोलीबीच आज वार्ता हुने

काठमाडौं,६ चैत्र । सरकार र आन्दोलनरत सहकारी पीडितबीच आज वार्ता हुँदैछ ।

वार्ताको लागि सोमबार सरकारको तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका महाशाखा प्रमुख कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन भएको छ ।

सहकारी पिडीतहरु सँगको वार्ता टोलीमा सहकारी विभाग रजिष्ट्रार पीताम्बर घिमिरे सह–संयोजक रहेका छन् भने गृह मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य रहनेछन ।

सहकारी क्षेत्रमा देखिएका समस्या, निक्षेपकर्ताको रकम फिर्ता लगायतका समस्या वार्ताका माध्यमबाट समाधानका लागि पहल हुने जानकारी दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्