गृहमन्त्री रवि लामिछानेविरुद्ध सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन
काठमाडौं,६ चैत । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध नेपाल विद्यार्थी संघले सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी केहि लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लामिछाने सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएकोले उनीमाथि नैतिक प्रश्न हुँदाहुँदै उपप्रधान तथा गृहमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेस र उसका भ्रातृसंगठनहरुले विरोध जनाउँदै आएका छन् । नेपाली कांग्रेसले संसदमा र नेविसंघले सडकमा प्रदर्शन गर्दै बिरोधको आवाज उठाउँदै आएको छ ।
सोमबार चाबहिलको पशुपति क्याम्पसका नेविसंघ विद्यार्थीहरुले लामिछानेको पुत्ला दहन गरेका थिए भने उनीहरु मंगलबार बिहान सिंहदरबारको दक्षिण गेट अगाडि प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए । त्यसैगरि उनीहरुले अर्थमन्त्री वर्षमान पुनविरुद्ध पनि प्रदर्शन गरे छन् ।
प्रतिक्रिया दिनुहोस्