प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुँदै

काठमाडौं, ६ चैत । प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुँदैछ ।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको १५ दिनको पाक्षिक कार्यतालिका अनुसार आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुन लागेको हो । प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुनुपर्ने तालिकामा उल्लेख छ । त्यसलाइ निरन्तर्ता दिंदै प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको तालिको तय गरिएको संसदसचिवालयले जनाएको छ ।

यो कार्यक्रममा प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित विषयमा सांसदहरुले प्रश्न सोध्न सक्नेछन् । गृह मन्त्री रवि लामिछानेको राजीनामा माग्दै नेपाली काँग्रेसले संसदमा प्रधानमन्त्रीको जवाफको माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्