मनाङे भौतिक पुर्वाधार मन्त्रीमा नियुक्त, पद तथा गोपनीयताको शपथ

पोखरा,५ चैत । समाजवादी त्यागेर स्वतन्त्र सांसदको हैसियत मागेका राजीव गुरुङ मन्त्रीमा नियुक्त भएका छन् ।

मनाङबाट स्वतन्त्र प्रदेश सभा सदस्य जितेका र जीतपछि एकीकृत समाजवादीमा आवद्द भएका राजीव गुरुङलाई पछिल्लो राजनीतिक घटनाक्रमसँगै सरकार बचाउनको लागि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गुरुङलाई भौतिक पुर्वाधार मन्त्री नियुक्त गरेका हुन् । उनले आजैपद तथा गोपनीयताको शपथ लिएका छन्  ।

सत्ता जोगाउन आन्तरिक गृहकार्यमा जुटेको कांग्रेसले मनाङेलाई मन्त्री बनाएर सत्तामा रहिरहने रणनीति बनाएकोे छ । नयाँ गठबन्धन पनि सत्तामा टिकीराख्नका लागि बहुमत पुर्याउने कसरत गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्