चैत ७ गते नियमित मर्मत सम्भारका लागि मनकामना केबलकार बन्द

काठमाडौं, ५ फागुन । मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ । यहि चैत ७ गते केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ ।

नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त एक दिनका लागि केबलकार सेवा बन्द गर्न लागिएको हो । केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्टुरेण्ट भने नियमित सञ्चालनमा रहने छन् ।

केबलकारको नियमित सेवा चैत ८ गते, बिहिबारदेखि पुनःसञ्चालनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्