रुसमा भ्लादिमिर पुटिन पुनः बिजयी

काठमाडौं, ५ फागुन । रूसका वर्तमान राष्ट्रपति र राष्ट्रपति पदका उम्मेदवार भ्लादिमिर पुटिन पुनः चुनाव जितेका छन् । उनी पाँचौँ कार्यकालका लागि रुसको राष्ट्रपति निर्वाचित भएका हुन । तीन अन्य प्रतिस्पर्धीलाई पछि पार्दै पुटिनले जीत हासिल गर्न सफल भएका हुन् ।

रुसी केन्द्रीय निर्वाचन आयोगको सोमवार बिहानसम्मको तथ्याङ्क अनुसार पुटिनले सबै मतपत्रको ९५।०४ प्रतिशत मतगणनापछि ८७.३२ प्रतिशत मत प्राप्त गरेका हुन । रुसको राष्ट्रपतीय निर्वाचन नियमावली अनुसार ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारले विजय सुनिश्चित गर्नेछ ।

मस्कोस्थित अभियान मुख्यालयमा पुटिनले सबै दिशामा राष्ट्रिय विकास लक्ष्य हासिल गर्न आफूले सक्दो प्रयास गर्ने बताए । रुसमा तीन दिने राष्ट्रपतीय निर्वाचन शुक्रवारबाट शुरु भएको हो । अन्तिम परिणामहरू मार्च २८ भन्दापछि सिइसीद्वारा पुष्टि गरिनेछ । पुष्टि भएको तीन दिनभित्र घोषणा गरिनेछ।

जीतपछि पुटिन अब सन् २०३० सम्म सत्तामा रहने छन् । त्यतिबेला उनी ७७ वर्ष पुग्ने छन् ।

जोसेफ स्टालिनपछि पुटिन रुसमा सबैभन्दा लामो सत्तामा रहने नेता हुन् । उनी विगत ३ दशकदेखि शक्तिमा रहेका छन् । यसअघि प्रत्येक चार वर्षमा राष्ट्रपति पदका लागि निर्वाचन हुन्थ्यो । तर सन् २००८ मा कार्यकालको अवधि छ वर्षका लागि थप गरिएको थियो

प्रतिक्रिया दिनुहोस्