सुन तस्करीमा संलग्नलाई कारबाही गर्न निर्देशन

काठमाडौं,४ चैत । माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री रवी लामिछानेले आतबार आईजी वसन्तबहादुर कुँवर र सीआईबीका एआईजी श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर महरालाई कारबाही गर्न निर्देशन दिएका हुन् ।

सुन तस्करीमा संलग्न ब्यक्तिहरु संग निरन्तर सम्पर्कमा रहेको देखिएपछि महरामाथी छानविनको लागि निरन्तरको दवावपछि सरकारले बयान लिएको थियो । सो जाँचबुझ आयोगमा बयानकाक्रममा चित्त बुझ्दो जवाफ नपाएको र दोषी भेटिएका थिए ।

सोहि सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न निर्देशन दिइएको गृह स्रोतले जनाएको छ ।

यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्