महुली लघुवित्तले बोलायो ११ औं वार्षिक साधारण सभा, यसपटक लाभान्स बितरण नगर्ने

काठमाडौं,४ चैत्र । महुली लघुवित्त वित्तिय संस्था लिमिटेडले ११ औं वार्षिक साधारण सभा चैत २६ गते बोलाएको छ । लघुवित्तले  यसपटक लाभान्स बितरण नगर्ने ।

लघुवित्तको साधारण सभा महुली लघुवित्तको केन्द्रीय कार्यालय, महुली सप्तरीमा बिहान ११ बजे सुरु हुनेछ ।

लघुवित्तले प्रकाशित सूचनामा लाभांशसम्बन्धी प्रस्ताव पेश गरेको छैन । कम्पनीको सञ्चालक समिति बैठकले लाभांश वितरण नगरी गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो ।

लघुवित्तले गत वर्ष २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आ.व. २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

त्यस्तै सभा प्रयोजनका लागि कम्पनीले चैत १४ गते बुक क्लोज गर्ने जनाएको छ । चैत १३ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्