लाभांश वितरण नगर्नेको लिष्टमा आशा लघुवित्त

काठमाडौं,४ चैत्र । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आ.व.२०७९/०८० को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । यो निणर्य संगै अर्कोे लघुवित्त पनि लाभान्स बितरण नगर्नेको लिष्टमा आएको छ ।

संस्थाको चैत २ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । यससँगै लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ ।

राष्ट्र बैंकबाट स्वीकृत भएर आएपछि लघुवितले साधारण सभाको मिति तय गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्