बाबुराम भट्टराईको समाजवादी पार्टी फुटे, अध्यक्ष महिन्द्र राय यादवको माओवादी केन्द्रसँग शनिबार पार्टी एकता गर्ने सहमति

काठमाडौं, ३ चैत। डा.बाबुराम भट्टराईसँग छुट्टिएर अर्का अध्यक्ष महिन्द्र राय यादवको पार्टी फुटेको छ । यी नेताको नेतृत्वको नेपाल समाजवादी पार्टी फुटेको छ। पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईसँग छुट्टिएर अर्का अध्यक्ष महिन्द्र राय यादव पक्षले माओवादी केन्द्रसँग शनिबार पार्टी एकता गर्ने सहमति गरेका छन्। यसले पार्टी फुटेको हो । बालुवाटारमा पार्टी एकताको सहमति गरेको छलफलमा डा(बाबुराम भट्टराई भने उपस्थित थिएनन्।

बैठकमा अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगा नारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यायद सहभागी थिए। ‘अध्यक्ष र सहअध्यक्ष र महासचिव सहभागी थिए । सो बैठकले पार्टी एकता गर्ने सहमति गरेका हौं,’ सहअध्यक्ष श्रेष्ठले भने। यसले गर्दा पार्टीलाइृ टुक्रा टुक्रा बनाएको छ । यादव नेसपाका संघीय सांसद र श्रेष्ठ बाग्मती प्रदेश सांसद हुन्। दुवै माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित भएका थिए।

चुनावपछि माओवादी केन्द्र र नेसपाबीच एकता गर्न भट्टराई पनि सहमत थिए। तर एकताबाट पछि हटेपछि नेसपामा भट्टराई र यादवबीच विवाद चुलिएको थियो। भट्टराईले पछिल्लो समय कुनैपनि राजनीतिक दलसँग कुम नजोड्ने बताउँदै आएका छन्।

शुक्रबारमात्रै नेसपाका राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले फेसबुकमा लामो स्टाटस लेखेर अध्यक्ष भट्टराईलगायत आफूहरू नेसपालाई वैकल्पिक राजनीतिक यात्रामा नै लैजाने विचारमा रहेको बताएका थिए।

‘हाम्रो विचारमा अलि कष्ट खेपौं केही समय भन्ने नै छ । यसमा कष्टकर बाटो हिँड्न रुची नहुने साथीहरु अलग हुनुहुन्छ । यो सामान्य कुरा हो,’ उनले भनेका छन्। पार्टी फुटाएकोमा कारबाही नगरिने पनि उनले बताएका छन्। ‘यसमा हामी पुरानै शैलीमा कार्बाही, आरोप प्रत्यारोप पनि गर्दैनौं । माओवादी नेतृत्व र प्रधानमन्त्रीज्यूसँग पनि विभिन्न सामाजिक मुद्दाहरुमा म संवादमा नै छु । उहाँहरुभित्र पनि आफ्नै समस्याहरु छँदै छन्, प्रधानमन्त्री आफैं पार्टीभित्रको समस्या समाधान गर्न नसकेर चिन्तामा हुनुहुन्छ । तैपनि हामी उहाँलाई नेसपाबाट आउने साथीहरुलाई उचित र सम्मानजनक स्थान सुरक्षित गरिदिनु है भन्छौं,’ पाण्डेले लेखेका छन्।

२०७६ वैशाखमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकता भएर समाजवादी पार्टी नेपाल बनेको थियो। २०७९ असारमा उपेन्द्र यादवसँगपनि छुट्टिएर भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेका थिए। पार्टी एकाताको लमथि डा भट्टराईसँग पनि पटक पटक कु्ुरा कानी भएको थियोृ । तर डा. भट्टराई समाववादी सिद्धातसँग सहमत भएकाले माओवादीसँग पाटीृ एकता हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्