गठबन्धनको कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेतालाई बुझाए

काठमाडौं, ३ चैत। गठबन्धन परिवर्तन पश्चात नयाँ सत्ता गठबन्धनको कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेतालाई बुझाएको छ ।

ठबन्धनको कार्यदलले शनिबार बिहान न्यूनतम साझा कार्यक्रम टुंगोलगाई प्रधानमन्त्री प्रचण्डसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बुझाएको हो।

कार्यदलमा नेकपा ९एमाले० बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णीम वाग्ले र महासचिव डा. मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा नेकपा ९एकीकृत समाजवादी० बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल सदस्य छन् । सरकारको साझा कार्यक्रम के के हुनसक्ने भन्ने विषयलाई समेटी बनाएको साझा कार्यक्रमलाई शिर्शनेताहरुमा छलफलपछि सरकराले सार्वजनीक गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्