सीआईबी प्रमुख किरण बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी
काठमाडौं,२ चैत्र । सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख किरण बज्राचार्यलाई बर्खास्त गर्ने तयारी गरेको छ ।
राजनीतिक संरक्षण बढ्दो अपराधमा दलका उपल्ला तहका नेताहरुको संलग्नता अब नयाँ र अचम्म मान्नु पर्ने कुरा रहेन । बेला बेलामा राजनीतिक दलका नेताहरु बिभिन्न तस्करी, घुस काण्डमा मुछिएका खबर पत्र पत्रिकामा आइ राख्छन् ।
आफ्ना नेता तथा कार्यकर्ताको अपराध लुकाउनको लागि खोज अनुसन्धानमा संलग्न उच्च प्रहरी अधिकारीहरुलाई सानो तिनो त्रुटीलाई देखाएर जिम्मेवारीबाट हटाउने बहाना मात्र हो । यसैको पछिल्लो सिकार सीआईबी प्रमुख किरण बज्राचार्यलाई जिम्मेवारीबाट हटाउने तयारी देखाउछ ।
सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले अनुसन्धानमा गम्भीर त्रुटी रहेको उल्लेख गरेपछि जिम्मेवारीबाट हटाउने तयारी सरकारले गरेको हो ।
उनलाई ब्यूरोबाट हटाउने प्रस्ताव आगामी मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गृह मन्त्रालयको छ ।
आयोगले सुन तस्करीको अनुसन्धानमा गम्भीर त्रुटी औंल्याउँदै सीआईबी प्रमुख बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाललाई कारबाही गर्न सिफारिस गरेको छ ।
प्रतिक्रिया दिनुहोस्