हुम्लाको चंखेली गाउँपालिकाको तत्कालिन अध्यक्ष सहितै ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, १ चैत्र । खानेपानी योजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

वडा नं ३ को ब्याफु खानेपानी मर्मत योजनाका नाममा ५ लाख १५ हजार १०८ रुपैयाँ दुरुपयोग गरेको आरोपमा गाउँपालिका अध्यक्ष धनलाल चौलागाईं, प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित ९ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

खानेपानी योजना मर्मतको काम नभए पनि काम भएको भनी कार्य सम्पन्न प्रतिवेदन बनाएको, झुटा बिल भरपाई तयार गरेको आदि कारणले सरकारलाई हानी नोक्सानी पुर्‍याएको अख्तियारको दाबी रहेको छ ।

अख्तियारले गाउँपालिकाका तत्कालीन अध्यक्ष चौलागाईं, प्रमुख प्रशासकीय अधिकृत शाही, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्लीमगर र सब इन्जिनियर हर्कधन बुढा विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्