फास्ट ट्र्याक एजुकेशन कन्सल्टेन्सी १८ औं वर्षमा प्रवेश, सांसदांरा रिबन काटियो, उपसभामुखद्धारा पनि शुभकामना

काठमाडौं । काठमाडौंमा सञ्चालित फास्ट ट्र्याक एजुकेशन कन्सल्टेन्सी १८औं वर्षमा प्रवेश गरेको छ । मंगलबार कन्सल्टेन्सीले १८औं वार्षिकोत्सव मनाएको हो । कन्सल्टेन्सीका प्रबन्ध निर्देशक खड्गबहादुर ताम्लिङ लिम्बुले अहिलेसम्म कन्सल्टेन्सीलाई सहयोग गर्दै आउनेहरुप्रति आभार व्यक्त गरेका छन् । ‘यहाँसम्म आइपुग्नु पनि चुनौती नै हो, अब हामीलाई केहि सहज होला किन भनें अब हामी हरेक कुराले अघि बढिसकेका छौं’ प्रबन्ध निर्देशक ताम्लिङले भने ‘यो व्यवसायमा पनि अनेक चुनौती छन् तर सबैलाई व्यवस्थापन गर्दै अघि बढिरहेका छौं ।’

बागबजारमा सञ्चालन भइरहेको कन्सल्टेन्सी नयाँ वर्षमा प्रवेश गरेसँगै शहिद शुक्र मावि नजिकै रहेको बिजी ह्वाइट हाउस अद्धैत मार्गमा सरेको छ ।
यो क्षेत्रमा लामो समयसम्म काम गर्दै आएका प्रबन्ध निर्देशक ताम्लिङ शैक्षिक परामर्श व्यवसायीहरुको सबैभन्दा ठूलो छाता संगठन नेपाल शैक्षिक परामर्श संघ ९इक्यान० का पदाधिकारीसमेत भइसकेका छन् ।

प्रतिनिधिसभामा झापा –४ बाट निर्वाचित एमाले सांसद तथा नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष एलपी सावाँले १८ औं वर्ष प्रवेशसँगै नयाँ अफिसको रिबन काटेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, नेपाल शैक्षिक परामर्श संघ ९इक्यान० का अध्यक्ष शेषराज भट्टराई, इक्यानकै निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, स्वतन्त्र शैक्षिक परामर्श संघ ९फेकन० का निवर्तमान अध्यक्ष तथा प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघका अध्यक्ष वासु नेपाल, प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघका कोषाध्यक्ष राम थापालगायत यस क्षेत्रमा सक्रिय विभिन्न संघसंस्थाका प्रतिनिधिहरुका साथै अन्यको उपस्थिति रहेको थियो ।

प्रबन्ध निर्देशक ताम्लिङले कन्सल्टेन्सीले अष्ट्रेलिया, युएसए, युके, क्यानडालगायतका देशमा विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि परामर्श प्रदान गर्दै आएको बताए । कन्सल्टेन्सीले झापाको विर्तामोड, रुपन्देहीको बुटवलसहित अन्य ठाउँमा पनि शाखा सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्