३ प्रदेशका प्रमुखले लिए शपथ ग्रहण
काठमाडौं, ३० फागुन । केन्द्रमा सत्ता समिकरण बदलिएसँगै प्रदेशका मुख्यमन्त्रीहरु पनि परिवर्तन भएको छ । त्यसै सन्दर्भमा नवनियुक्त तीन प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले मधेशमा सुमित्रा सुवेदी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियालाई प्रदेश प्रमुख नियुक्ति सिफारिस गरेको थियो ।
मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई बुधबार प्रदेश प्रमुखमा नियुक्त गरेका छन् ।
उनीहरुले बुधबार नै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मधेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशीलाई बुधबार नै पदमुक्त गरेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन छाडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि विगतमा नियुक्त भएका कांग्रेस निकट प्रदेश प्रमुख हटाएर एमाले निकटका व्यक्तिहरु प्रदेश प्रमुख नियुक्त भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्