व्यक्ति र पद एउटै हुँदा नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिन किन नमिल्ने: अध्यक्ष ओली

काठमाडौं, ३० फागुन । सत्तारुढ पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यक्ति र पद एउटै हुँदा नेपाली कांग्रेस ले प्रधानमन्त्रीलाई यस पटक विश्वासको मत दिन किन नमिल्ने भनेर प्रश्न गरेका छन् ।

बुधबार प्रनिधिसभामा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै ओलीले गत वर्ष विपक्षमा रहेकै अवस्थामा कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको स्मरण गराए । सोही अनुरुप अहिले विश्वासको मत दिन किन नमिल्ने भनेर उनले प्रश्न गरे ।
अध्यक्ष केपी शर्मा ओलीले काँग्रेससँग बोलि चल्दैन भन्ने कत्तिको उपयुक्त होला भनि काँग्रेसलाई पश्न गरे । पोहोर साल आफूले प्रस्ताव गरेर दाहाललाई प्रधानमन्त्री बनाएको तर कांग्रेसले प्रतिपक्षमा रहेर विश्वासको मत दिएको ओलीको भनाइ थियो । ‘पोहोर समर्थन गर्न हुने, अहिले किन नहुने ? मान्छे उही हो, पोहोर पनि नेपाली कांग्रेस सरकारमा थिएन,’ ओलीले भने ।

पोहोर दुई महिनामै सरकार परिवर्तन गर्दा अस्थिरता भएन, तर अहिले सरकार परिवर्तन गर्दा कसरी अस्थिरता भयो भनेर पनि ओलीले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्